Skip to content
LAXMI SUNRISE BANK

हिरासतबाट पत्रकार अर्जुन गिरीले लेखे, ‘यो युद्धमा म एक्लो छैन, सिंगो पत्रकारिता छ’

अर्थ सरोकार

काठमाडौँ – समाचार लेखेकै आधारमा साइबर अपराधको मुद्धा खेपी रहेका ताण्डव न्युजका सम्पादक अर्जुन गिरीले आफु कत्ति पनि विचलित नभएको बताएका छन् । बुधबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन, ‘प्रहरीले पक्राउ र्गयो र मुद्दा चलायो भनेर पत्रकारिता प्रतिको मेरो आस्था किञ्चित रूपमा गिरेको छैन, बरू बढेको छ ।’
उनले पत्रकार महासंघ लगायत देशभरका पत्रकारहरुले यस मुद्धामा ऐक्यबद्धता जनाएको बताउँदै यो युद्धमा आफु एक्लो नरहेको र सिंगो पत्रकारिता जगत नै रहेको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन, ‘यो संघर्ष अर्जुन गिरीको होइन, पत्रकारितालाई साइबर अपराध ठहर गर्ने कि पत्रकारिता नै भन्ने हो । पत्रकारितामाथि प्रहार गर्न जबरजस्त थोपरिएको साइबर क्राइमको बञ्चरो हटाउन र आउँदा दिनमा कुनै पनि समाचार वा विचारलाई साइबर अपराको मुद्दा नचलाउने थिति बसाल्न हामी सबै पत्रकारहरू सफल हुनेछौं भन्ने विश्वास गरेको छु ।’
उनले पत्रकारिता साइबर अपराध होइन पत्रकारिता नै हो भनेर स्थापित गर्नै पर्ने संघर्ष रहेको पनि उल्लेख गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK