×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ बर्षीय दीपक : एनसीसी बैंकको एटिएम फुटाएर पैसा चोर्न लाग्दा प्रहरीले पक्रियो, चोरीको आइडिया पत्ता लाग्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

१८ बर्षीय दीपक : एनसीसी बैंकको एटिएम फुटाएर पैसा चोर्न लाग्दा प्रहरीले पक्रियो, चोरीको आइडिया पत्ता लाग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङ मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गर्दै थिए । उनले त्यहाँ रहेको सीसीटिभी फुटाएर एटिएम मेशिन हतौडाले फोड्दै थिए । त्यहि बेला प्रहरीले उक्त शंकास्पद घटना देख्यो र उनलाई तुरुन्त पक्रियो । पछी थाहा भयो कि उनी एटिएम मेशिनबाट पैसा चोर्न लागेका रहेछन् ।
महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले तामाङ् यसअघि पनि चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको देखिएको बताए । ‘यसभन्दा अघि पनि तामाङको आपराधिक गतिविधिमा संलग्नता भेटिएको छ, उनीमाथि थप अनुसन्धान भइरहेको छ’, अर्थ सरोकार डटकमसँग उनले भने, ‘सीसीटिभी र अन्य गतिविधिको सुक्ष्म अध्ययन गरिरहेका छौं ।’ प्रहरीका अनुसार घटनाबारे उनले केहि पनि बोलेका छैनन् । उनलाई बकाउने प्रयास भइरहेको छ ।
यस्तो रहेछ चोरीको आइडीया !
यता प्रहरीले चोरीको आइडिया भने पत्ता लगाएको छ । सुरुमा मेशिन वरीपरी गएर ढुक्ने, मान्छे नभएका बेलामा पहिला सीसीटिभी फुटाउने अनित यसपछि मेशिन फोरेर पैसा चोर्ने । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । यसअघिका एटिएम चोरीमा पनि तामाङको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले एटिएम फुटाउन प्रयोग भएको हतौडा, फलामको छिनो, र मार्तोलसहित तामाङलाई नियन्त्रणमा लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: