×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरुण हाइड्रोपावरको २१ लाख ५४ हजार ८ सय ८ रुपैयाँ नोक्सानमा, अन्य सुचकको कस्तो छ अवस्था ?

अर्थ सरोकार

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

PRIME CA

बरुण हाइड्रोपावरको २१ लाख ५४ हजार ८ सय ८ रुपैयाँ नोक्सानमा, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी २१ लाख ५४ हजार ८ सय ८ रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ५५ लाख ४५ हजार ८१ रुपैयाँ नोक्सानमा रहेको थियो । यसले गत वर्षको तुलनामा यस वर्ष ३३ लाख ९० हजार रुपैयाँले नोक्सानी घटाएको हो । 
बरुणले विद्युत् बिक्रीबाट १ करोड ८ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा न्यून (०.४८%) मात्रै बढेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ७ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको थियो । 
यो तेश्रो त्रैमाससम्ममा कम्पनीको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ भने  जगेडा कोषमा गत वर्षको तुलनामा ४२.४९%ले बढेर २ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३८ पैसाले बढेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ९५ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: