
काठमाडौं – भार्गव विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ९५.६८% ले वृद्धि गरेर ५ करोड २२ लाख ५४ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले यसै अवधिमा २ करोड ६७ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी ७१.९०% ले बढोत्तरी गरी १२ करोड १२ लाख १८ हजार रुपैयाँ पुर्याएको छ । । गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७ करोड ५ लाख १३ हजार रुपैयाँ रहेको थियो । यस्तै, सञ्चालन नाफा ७२.०८% ले बढेको छ । गत वर्ष ४ करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको सञ्चालन नाफा अहिले ७ करोड २२ लाख १० हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफाले खुद नाफा वृद्धि गर्नमा मदत गरेको छ।
बैंकले निक्षेप ३ अर्ब २४ करोड ९३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी कर्जामा २ अर्ब ८७ करोड ३६ लाख ७० हजार रुपैयाँ प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३.९९% ले बढेर १३ करोड ५२ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.७६% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्