
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लामो समयपछि काठमाडौँमा भूकम्प गएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:२९ बजे रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ र ६:४० बजे रेकर्ड गरिएको दोस्रो भूकम्प लोकल म्याग्निट्युडमा ३.० थिए।
यी दुवै भौगर्भिक घटना चार वर्षअघि वैशाख १२ मा गोरखा केन्द्रविन्दु हुनेगरी गएको विनाशकारी भूकम्पको शृङ्खलाका परकम्प भएको बताइएको छ।
भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:२९ बजे रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ र ६:४० बजे रेकर्ड गरिएको दोस्रो भूकम्प लोकल म्याग्निट्युडमा ३.० थिए।
भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । बैशाख १२ कै पूर्वसन्ध्यामा भूकम्पको धक्का महसुस भएपछि काठमाडौँबासीहरु त्रासमा रहन थालेका छन् । धेरैपछि यति ठुलो भूकम्पको धक्का महसुस भएको धेरैको प्रतिक्रिया छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।
२०७६ सालमा कुन राशिको कति कमाउने योग छ ? हेर्नुहोस् बार्षिक आर्थिक राशिफल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्