Skip to content
LAXMI SUNRISE BANK

पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामासमेत प्रदर्शन, रिहाइ नहुञ्जेलसम्म सम्पादकीयमा ‘ब्ल्याक आउट’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा – पत्रकार अर्जुन गिरीको पक्राउको विरोधमा पोखराका पत्रकारहरु आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की अघि बुधबार दिउँसो पोखरामा क्रियाशील पत्रकारहरुले कालो पट्टी बाँधेर पत्रकार गिरीको पक्राउको विरोध गरेका हुन् । ‘पत्रकारिता साइबर क्राइम होइन । विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा नम्बर ४७ र ४८ खारेज गर !’ लगायतका नारा लेखिएका प्लेकार्डहरु देखाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 
पत्रकार महासंघ कास्कीको नेतृत्वमा भएको उक्त विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गण्डकी युवा पत्रकार सञ्जाल, संसदीय पत्रकार मञ्च गण्डकी, प्रेस संगठन, प्रेस युनियन कास्की लगायतले साथ दिएका थिए। उनीहरुले पत्रकारिता साइबर क्राइम अन्तर्गत नपर्ने भएकाले पत्रकार गिरीको तत्काल बिना शर्त रिहाइ हुनुपर्ने माग राखेका छन् ।
पत्रकार गिरीको पक्राउ विरोधमा बुधबारदेखि उनी रिहाइ नहुञ्जेलसम्मका लागि पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK