काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थालाई ४०% लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंककै आदेशमा रोकिएको १८% बोनस सेयर र २२% नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अहिले फेरि स्वीकृति मिलेको हो ।यसअघि छिमेकले लाभांश प्रस्तावसहितको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनका लागि केन्द्रीय बैंकसँग स्वीकृति माग गरेको थियो ।
तर केन्द्रीय बैंकले पुस १९ गते छिमेकलाई पत्र पठाएर उक्त बोनस तथा नगद लाभांश स्वीकृत नभएको जानकारी गराएको थियो । केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गर्दा लाभांश वितरणका लागि स्वीकृति पाएको छिमेकले जनाएको छ । कम्पनीका अनुसार अब प्रस्तावित ४०% लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
यसअघि बोनस र नगद लाभांश बराबरको रकम सञ्चित कोषमा कायम रहने गरी गत आर्थिक वर्षको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनका लागि प्रकाशन गर्न राष्ट्र बैंकले आदेश दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्