काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलना ७९.५२% ले वृद्धि गरी ६४ करोड ३० लाख २३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ३५ करोड ८१ लाख ९० हजार मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, छिमेकको खुद ब्याज आम्दानी ३५.५९% ले बढोत्तरी गरी १ अर्ब २३ करोड २७ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ९० करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको छ। यता, सञ्चालन नाफा पनि ७४.१४% ले वृद्धि भएको छ। सञ्चालन नाफा पनि ५५ करोड ८७ लाख ३८ हजार रुपैयाँबाट वृद्धि गरी ९७ करोड २९ लाख ९९ हजार रुपैयाँ पुर्याउन सफल भएको देखिन्छ ।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १३ अर्ब ९० करोड ९८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८१ करोड १४ लाख ८ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा भने ०.१०% बाट बढेर ०.२६% पुगेको छ । प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्