
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- समाचार लेखेकै आधारमा पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइमको मुद्धा लगाइएको छ । यसमा काउन्सिलको गल्ती त भएको छ नै, सीआइबीलेसमेत प्रभावमा परेर यस्तो काम गरेको भन्ने चर्चा पनि उत्तिकै छ । के हो त वास्तविकता ? हामीले सीआईबीका प्रमुख डिआईजी निरज शाहीसँग पत्रकार जनकराज सापकोटाले कुराकानी गरेका छन् ।
१. समाचार लेखेकै आधारमा पत्रकारमाथि साईबर अपराधको मुद्दा किन दर्ता गरियो ?
सुरुमा निवेदक विपेन्द्रराज बतास उजुरी लिएर केन्द्रिय अनुसन्धान ब्युरो आए । हामीले उजुरी हेरेपछि पत्रकार विरुद्धको उजुरी नलाग्ने भन्दै यसबारे पत्रकार महासंघमा जान वा गाली बेइज्जतीको मुद्दामा जान सल्लाह दियौं । उनी उजुरी दर्ता गर्न भन्दै दोस्रो पटक पनि आए । त्यतिबेला पनि हामीले उजुरी लिएनौं । तेस्रो दिन फेरी बतास प्रेस काउन्सिलको पत्र लिएर आए । त्यो पत्रमा पत्रकार गिरी आवद्ध रहेको ताण्डवन्युज डटकम दर्ता नभएको उल्लेख थियो । हामीले काउन्सिलमा फोन गरेर पनि सोध्यौं । काउन्सिलका कर्मचारीले उक्त अनलाईन दर्ता नभएको बताए । काउन्सिलले भनेपछि पत्रकार नै नभएको मान्छेले लेख्न पाउँछ त भन्ने कुरा भयो । हामीले त पत्रकारलाई समातेको नै होईन नि । जो मान्छे पक्राउ पर्यो ऊ पत्रकार हो भन्ने कुरा त काउन्सिलले भन्यो । त्यसपछि पो हामी झुक्किएको थाहा भयो ।
२. अब समाधान के हुन्छ त?
हामीले आजै सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा बुझाईसकेका छौं । बिचमा मुद्दा फर्काउन नमिल्ने भएकाले हामीले छिटो–छिटो मुद्दा अगाडी बढायौं ।
३. सीआईबी त गम्भिर प्रकृतीको अनुसन्धान गर्ने निकाय । यो साईबर क्राईममा किन यस्तो चासो देखायो?
नेपाल भरिमा साईबर अपराधको मुद्दा हेर्ने सिआईबी मात्रै हो। काठमाडौंको हकमा भने अपराध महाशाखाले पनि हेर्छ। काठमाडौं बाहिर साईबर अपराधको मुद्दा चल्दैन। सीआईबीको पिलर ६ साईबर अपराध हेर्नकै लागि बनाइएको हो।
४. त्यसोभए प्रेस काउन्सिलमा दर्ता नभएको मान्छेले केही पनि लेख्नै नपाउने भयो होइन त?
प्रेस काउन्सिलमा दर्ता नभएको मान्छेले लेख्दा त पहिला ऊ पत्रकार नै हुन पाएन। निवेदकले त साईबर अपराधको मुद्दा दर्ता गरे।
५. भनेपछि प्रेस काउन्सिलले झुक्कायो?
हो। सुरुका दुई दिन त हामीले उजुरी नै लिएनौं नि। काउन्सिलले दर्ता भएको छैन भने पछि कसरी यस्तो लेख्न मिल्छ भन्ने कुरा आयो। समातेर ल्याएपछि पो पत्रकार हो भन्ने खबर भयो। सुरुमा पोखरास्थित प्रहरीले प्रेस काउन्सिलमा फोन गर्दा पनि दर्ता भएको अनलाईन होइन भन्दिए छ। पछि पो यर्थाथ थाह भयो।
६. अब के हुन्छ?
अदालतमा मुद्दा गइसकेको छ। अब जे गर्छ अदालतले गर्छ। यसमा सबै फसे। साइबर अपराध हेर्ने अरु निकाय नभएकाले सानो मुद्दा पनि हामीले नै हेर्नुपर्छ।
७. सीआईबी पनि फस्यो?
फस्यो त कसरी भन्नु। पत्रकार हो भन्ने थाहा नपाएकाले केस अन्तैतिर गयो। पत्रकार हो भन्ने पुष्टी भएपछि पत्रकारलाई किन पक्राउ गरेको भन्ने प्रश्न आयो।
८. जे भएपनि तपाईंहरु विवादमा त तानिनुभयो नि त?
तानियो त। एउटा सरकारी निकायले भनेको अर्को सरकारी निकायले नमान्ने भन्ने हुन्छ त? झुक्कियो भन्नु कि के भन्नु। जानी जानी त के झुक्कायो होला र? सही सूचना नआएकाले झुक्कियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्