
दुर्घटनामा परी दुई जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको शिक्षण अस्पताल पुर्याईएको छ । सह पाइलट सुनील ढुंगानाको समेत मृत्यु भएको छ । उनी प्लेनभित्र च्यापिएका थिए।
राम बहादुर खड्का, र समिट एयरका को पाइलटको निधन भएको छ । रूद्र श्रेष्ठ (प्रहरी) , शिव बहादुर गुरुङ (मनाङ एयरका पाइलट) , र रविनाथ रोकाया (पाइलट) घाइते भएका छन् ।
अहिले एयरपोर्टमा लागेको आगो निभाईएको छ ।