काठमाडौं – एभरेष्ट बैंकको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १८.३७% वृद्धि गरि २ अर्ब २१ करोड ६० लाख ३६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ८७ करोड २० लाख ५१ हजार रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १६.८७% ले बढाएर ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । साथै यस वर्ष सञ्चालन नाफा १८.३५% ले वृद्धि गरि ३ अर्ब १६ करोड ६२ लाख ६० हजार पुर्याउन सफल भएको छ ।
यो तेश्रो त्रैमाससम्म आउँदा बैंकले १ खर्ब २४ अर्ब ५४ करोड २० लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ३२ करोड १४ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब १२ करोड २२ लाख ५६ हजार रुपैयाँ छ। बैंकको खराब कर्जा ०.१८% मा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्