×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : ‘प्रेस काउन्सिलकै लापरवाहीका कारण ममाथि साइबर क्राइम मुद्धा लाग्यो’ (भिडियो अन्तर्वार्ता)

PRIME CA

EXCLUSIVE : ‘प्रेस काउन्सिलकै लापरवाहीका कारण ममाथि साइबर क्राइम मुद्धा लाग्यो’ (भिडियो अन्तर्वार्ता)

२ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रेस काउन्सिल नेपालको लापरवाहीका कारण सोमबार ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउ परेका छन् । विपिन बताससँग सम्बन्धित एक समाचारलाई लिएर उनी विरुद्ध बतासले साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता गरेपछि गिरी पक्राउ परेका हुन् ।  प्रेस काउन्सिल नेपालका एक कर्मचारीले उक्त अनलाइन काउन्सिलमा दर्ता नभएको भनी विपिन बतासका नाममा पत्र लेखिदिएपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो ।

तर उनको अनलाइन काउन्सिलमा दर्ता थियो । पछी काउन्सिलले माफी माग्दै आफ्ना कर्मचारीबाट गल्ती भएको स्वीकारेको छ । ताण्डव न्यूज डटकम दर्ता भएपनि आफ्ना कर्मचारीबाट गल्ती भएको भन्दै उसले क्षमा याचनासहित सीआइबीलाई पत्र लेखिसकेको छ । तर काउन्सिलले उक्त पत्र दिंदा उनी पक्राउ परिसकेका थिए र उनीविरुद्धको कानुनी प्रक्रिया सुरु भइसकेको थियो । 
उनको स्वास्थय स्थिति  ठीक नभएपछि पत्रकार महासंघका सदस्यहरुको रोहबरमा उनी मंगलबार सीआईबी उपस्थित हुने सर्तमा रिहाई भएका छन् । त्यसपछि अर्थ सरोकार डटकमको कार्यालयमा आइपुगेका उनीसँग हामीले केहि कुराकानी गरेका छौं ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: