- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ६० हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ६० हजार १ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ५ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।