×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सको आइपिओ बिक्रि खुला, न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गणपति माइक्रोफाइनान्सको आइपिओ बिक्रि खुला, न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म भर्न पाइने

Artha Sarokar

९ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : आज (सोमबार, वैशाख ९ गते)
भर्ने अन्तिम मिति : वैशाख १२ गते
कित्ता : ३ लाख ३५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १५ सय कित्ता
विवरण : 
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि खुल्ला भएको छ । बिक्रि खुल्ला भएको आइपिओमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् । यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
आवेदन दिन सकिने शाखाहरु :

एनआइबीएल एस क्यापिटल

 गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी