×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेनदेनको मुद्धा मिलाईदिन्छु भन्दै २५ हजार घुस खाने घुस्याहा अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई विभूषण दिने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लेनदेनको मुद्धा मिलाईदिन्छु भन्दै २५ हजार घुस खाने घुस्याहा अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई विभूषण दिने तयारी !

Artha Sarokar

२७ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हरेकजसो कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सुन्य सहनशीलताको भाषण दिइरहेका हुन्छन् । तर नेपाल सरकारले नै भ्रष्टाचारलाई प्रोत्साहन गरेको पाइएको छ । यहि आउँदो १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुने विभूषण पाउनेहरुको लिष्टमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ पनि छन् जो २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । 
यस्ता घुस्या कर्मचारी श्रेष्ठ गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन् भन्दा तपाईंलाइ अचम्म लाग्न सक्छ । तर यो सत्य हो । घुस खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दासमेत दायर गरिसकेको छ । मुद्धासमेत परिसकेका यस्ता अधिकृतलाइ सरकारले अधिकृतमध्ये उत्कृष्ट भन्दै गृह मन्त्रालयले उनलाई छनोट गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी