×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले गर्यो प्रगति, खुद नाफा ३२.५६% वृद्धि गरेर कमायो १ अर्ब ८७ करोड २१ लाख २४ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकले गर्यो प्रगति, खुद नाफा ३२.५६% वृद्धि गरेर कमायो १ अर्ब ८७ करोड २१ लाख २४ हजार रुपैयाँ

१७ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १ अर्ब ८७ करोड २१ लाख २४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा मा ३२.५६% ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४१ करोड २२ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यता, बैंकको खुद ब्याज आम्दानी ४२.२३% ले बढेर ३ अर्ब ६८ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१.७८% बढेर २ अर्ब १ करोड ९९ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकले १ अर्ब १६ अर्ब ९४ करोड ३१ लख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ८५ करोड ५ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो तेश्रो त्रैमाससम्म यस बैंकले २ अर्ब ३९ करोड ५१ लाख ५९ हजार रुपैयाँ संचित नाफा (रिटेंड अर्निङ) गरेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ जम्मा भएको छ । 
बैंकको खराब कर्जा ०.७६% रहेको छ भने प्रति सेयर आम्दानी ३ रुपैयाँ २ पैसा बढेर अहिले २४ रुपैयाँ २१ पैसा पुगेको छ । गत वर्ष २१ रुपैयाँ १९ पैसा रहेको प्रतिसेयर आम्दानी रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी