- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ५९ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सय ले बढेर प्रति तोला ५९ हजार ९ सय मुल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।