![](https://2.bp.blogspot.com/-u9RbrEp1E9s/XKQ_a9fl3NI/AAAAAAABIuo/nYxQG3S5gLE_eRg8CyvxJedcispn9MKUQCLcBGAs/s640/Goldd.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ५९ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।