काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । १ हजार २१६ जना स्थानीयले मात्र सेयर भरेका थिए । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री अनुमति मागेको हो ।