आइपिओ नोटिस :
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला हुने मिति : आज (बुधबार, चैत २० गते
कित्ता : १४ लाख ८५ हजार कित्ता सेयर
भर्ने अन्तिम म्याद : चैत २५ गते
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार ५०० कित्ता
विवरण :
हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले खुल्ने कुल आइपिओमध्ये ३% अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको सेयर सर्वसाधारणलाई रहेको छ ।
यसमा न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर भर्ने म्याद चैत २५ गतेसम्म हुनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न पाइनेछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
नबिल इन्भेष्टमेन्ट बैंकिङ, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि