काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपीओ बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार कम्पनीले वैशाख ३ गते आइपीओ बाँडफाँट गर्ने भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् ।
यसमा माग भन्दा ३.७८ गुणा बढी आवेदन परेको छ। लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने भएको छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३% कर्मचारीलाई र ५% सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।