×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिहाईको आदेशपछि अर्जुन गिरीको पहिलो `बाइट´, `ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु´

LAXMI SUNRISE BANK

रिहाईको आदेशपछि अर्जुन गिरीको पहिलो `बाइट´, `ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु´

५ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ – समाचार लेखेकै कारण साइबर क्राइमको मुद्धा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो ।
यसअघि प्रेस काउन्सिलका कर्मचारीको लापरवाहीका कारण पत्रिका दर्ता नभएको पत्र कोहि व्यक्ती विशेषलाई दिँदा त्यसलाई नै टेकेर विपिन बतासले पत्रकार गिरीविरुद्ध जाहेरी दिएका थिए । अदालतको आदेशपछि त्यहाँ उपस्थित पत्रकारहरुले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘केही दिन दु:ख भए पनि अन्तत: सत्यको जित भएको छ । यो ऐतिहासिक नजिर बन्नेछ ।’ अदालतमा उपस्थित मुद्धाका साक्षी पत्रकार सुरज प्याकुरेलले भने। 
रिहाईको आदेश लगत्तै पत्रकार गिरीले भने, `ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु ।´
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी