काठमाडौं : काबेली विकास बैंकले आर्थिक वर्ष २०७५/७६को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २ करोड १२ लाख ४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८१.४४% ले धेरै हो । गत वर्ष बैंकले १ करोड १६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ४५.३५% र ६३.८५% ले वृद्धि भएको छ । गत वर्ष ४ करोड १ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ५ करोड ८३ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन नाफा १ करोड ७६ लाख २३ हजारबाट बढेर यस वर्ष २ करोड ८८ लाख ७७ हजार पुगेको छ ।
यो तेश्रो त्रैमास सम्ममा बैंकले ८२ करोड १५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८० करोड ३४ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ५ करोड १९ लाख ७७ हजार रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जामा भने केहि सुधार भएको छ । गत वर्ष ३.९४% रहेको खराव कर्जा यस वर्ष घटेर २.८९% मा झरेको हो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २८ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्