Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : कैलाश बिकास बैंकले फिर्ता गर्यो हिनामिना भएको ५० लाख, अव ६९ लाख बाँकी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- व्यवसायी रेशम पन्थी र निशा पन्थीलाई पीडीत बनाएर बैंकबाट हिनामिना भएको १ करोड १९ लाख रुपैयाँमध्ये कैलाश बिकास बैंकको पहलमा ५० लाख रुपैयाँ फिर्ता भएको छ । कैलाश बिकाश बैंकले करोडौं रुपैयाँ हिनामिना गरेको खबर अर्थ सरोकार डटकमले तथ्यसहित प्रकाशन गरेपछि हिनामिना भएको १ करोड १९ लाख मध्ये एक पटक १० लाख र एक पटक ४० लाख गरी कुल ५० लाख रकम फिर्ता भएको हो गरेको हो । 
पन्थी इन्ड्रस्टिजका सञ्चालक रेशमराज पन्थीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार कैलाश बिकास बैंकका लामाचौर शाखाका तत्कालीन शाखा प्रमुख थापाले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आफ्नो कम्पनीको छाप र हस्ताक्षरसहितको खाली चेक आफैंसँग राखेर आफूलाई जानकारीसमेत नगराइ व्यक्तिगत हिसावले ऋण स्वीकृत गराई रकम हिनामिना गरेका थिए । आफ्नी छोरीलाईसमेत प्रभावमा परेर रकम हिनामिना भएको उनको आरोप छ । 
पैसा आयो तर प्रक्रिया गलत भयो : पन्थी 
पैसा कम्पनीको खाताबाट हराएको छ । तर पैसा लागेको भनिएका कमल पहारीले निशा पन्थीको व्यक्तिगत खातामा पैसा हालिदिएका छन् । ‘पैसा व्यक्तिगत खातामा आएको छ । कम्पनीकै खातामा आउनुपर्यो ।’ व्यवसायी रेशम पन्थीले अर्थ सरोकार डटकमसँग भने, ‘पहिलाकै लेनदेन थियो भन्ने देखाउन बैंकले व्यक्तिगत खातामा पैसा हालेको छ । पैसा कम्पनीको खातामा आउनुपर्छ । यद्यपी अर्थ सरोकारको समाचारका कारण पैसा फिर्ता गर्न पहल भएको कुरा भने सकारात्मक छ ।’ 
अर्थ समाचार प्रकाशन गरेसंगै बैंक, कमल पहारी र पन्थी परिवारसंगको पटक पटक वार्ता र छलफल पछि उक्त रकम पहारीले निशाको व्यक्तिगत खातामा राख्न थालेका हुन्। बैंकका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाको मिलेमतो रकम हिनामिना भएको आरोप लागिरहेका पहारीलाइ बैंकले समेत पैसा हाल्न पहल गरेको हो । यता निशा पन्थीले पनि पैसा कम्पनीको खातामा आउनुपर्ने बताईन् । ‘पैसा आएको हो, तर फेरी पनि मेरो व्यक्तिगत खातामा पैसा हालिएको छ । हामीलाई हाम्रो जुन कम्पनी मार्फत रकम गएको छ, त्यो यही ढंगबाट रकम आउनु पर्छ अन्यथा मेरो व्यक्तिगत खातामा आएको पैसा मैले र हाम्रो कम्पनीले चलाउदैनौं ।’ उनले भनिन् । अर्थ सरोकार डटकमसँगको कुराकानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले यो समस्या सेटल गर्न खोजिरहेको बताएका छन् ।
यो पनि पढ्नुहोस् :

कैलाशको कर्तुत : ‘नियम भन्दै गराइयो खाली चेकमा हस्ताक्षर, ऋणीकि छोरीलाई धम्क्याएर झ्वाम् पारियो १ करोड १९ लाख’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK