×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारको जग्गा ब्यक्तिको नाममा हत्याउने डाक्टर सापले कुमारी बैंक छोडे, सञ्चालक पदबाट राजीनामा !

PRIME CA

बालुवाटारको जग्गा ब्यक्तिको नाममा हत्याउने डाक्टर सापले कुमारी बैंक छोडे, सञ्चालक पदबाट राजीनामा !

८ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सरकारी जग्गा ब्यक्तिका नाममा हत्याउन ठुलो भूमिका खेलेको आरोप लागेका डाक्टर सापले कुमारी बैंकको संचालक पद छोडेका छन् । बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित डा. शोभाकान्त ढकालले कुमारी बैंकको संचालक समितिको सदस्यको पदबाट राजिनामा दिएका हुन् ।
सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकका प्रतिनिधित्व गरेका उनी जग्गा काण्डमा फसेपछि बैंकबाटै उनको राजीनामा माग भएको थियो । बालुवाटारको जग्गा नेकपाका महासचिव विष्णु पौडेललाई किनाउनेमा मुख्य डिजाइनर रहेको भन्दै नाम अगाडी आएका ढकाललाई राजीनामा गराउने विषयमा छलफल भएपछी उनले राजीनामा दिएको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: