
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विचौलियालाई छिर्न नदिने गरी नयाँ बसपार्कको टिकट काउन्टर व्यवस्थापनको काम सुरु भएको छ । लोत्से बहुउद्देश्यीय प्रालिले पूर्व जाने बसहरुको काउन्टर एकै स्थानमा व्यवस्थापन गरेपछि बसपार्कको मुहार फेरिन थालेको हो । पूर्व जाने बसका लागि ६ वटा काउन्टर व्यवस्थापन गरेर काम सुरू गरिएको कम्पनीका अध्यक्ष दीपक कुँवरले जानकारी दिएका छन् ।
कम्पनीले काउन्टरमा खटिने कर्मचारीलाई तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरेको छ भने काउन्टरभित्र अनावश्यक मान्छे छिर्न नसक्ने गरी विद्युतीय प्रविधि जडान गरेको छ । बिचौलिया रोक्न सुरक्षा गार्ड राखिएको छ भने सीसीटिभीबाट निगरानी बढाईएको छ । बिचौलियालाई रोकिएपछि यात्रु ल्याएर बस कम्पनीबाट कमिसन लिने क्रम हटेको छ । यता बस कम्पनी र समितिहरुले पनि कमिसन दिन नपरेपछि खर्च बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।
लोत्सेले काठमाडौं २५ वर्षका लागि व्यवस्थापन हेर्ने गरी महानगरपालिकाबाट जिम्मा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्