काठमाडौं – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ४ करोड ३ लाख ५१ हजार रुपैयाँमा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा २६.२०% ले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ कमाएको थियो ।
फाइनान्सले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६३.०७% र ५.९९% ले बढेको छ । फाइनान्सले खुद ब्याज आम्दानी १८ करोड ९४ लाख ४९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ करोड ३४ लाख ८ हजार रुपैयाँ पुगेको हो । तर यसपालि गैर सञ्चालन आम्दानी नहुँदा खुद नाफामा गिरावट देखिएको हो ।
फाइनान्सले तेस्रो त्रैमाससम्म ६ अर्ब ५४ करोड ७६ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६१ करोड ८२ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ र जगेडा कोषमा १४ करोड ६४ लाख ७८ हजार रुपैयाँ रहेको छ । यो गत बर्सको तुलनामा ३.८८% ले कम हो ।
यो फाइनान्सको खराब कर्जा २.९६% रहेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २२ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्