×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको भौचर भर्ने टेबल पछाडी कसले छोड्यो एक लाख ? भेट्टाउने युवकले रकम प्रहरीमा बुझाए !

 वीरगञ्ज
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – मेगा बैंकमा कसैले छोडेको एक लाख रुपैयाँ भेट्टाएका युवाले उक्त रकम प्रहरीलाई बुझाएका छन् । वीरगञ्ज स्थित मेगा बैंकको शाखा कार्यालयमा बिहिबार दिउँसो २ बजेतिर भौचर भर्ने ठाउँमा राखिएको टेबलको पछाडिबाट नगद एक लाख फेला पारेका रौतहट यमुनामाई गाउँपालिका ३ घर भई वीरगञ्ज महानगरपालिका ८ पानीट्याङकी बस्ने २० बर्षका प्रिन्सकुमार मुखियाले उक्त रकम प्रहरीको जिम्मा लगाएका हुन् ।
बैंकका ब्रान्च मेनेजरलाई यस विषयमा भन्दा भन्दापनि प्रहरीलाई बुझाउँदा ठिक हुन्छ भन्ने ठानेर रकम बुझाएको युवकको तर्क छ । आफु कामको सिलसिलामा बैंक जाँदा उनले उक्त रकम देखेका थिए । शुक्रबार प्रिन्स मुखियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उक्त रकम प्रहरीको जिम्मा लगाएका हुन् । यता आफ्नो रकम हरायो भनेर कोहि पनि गुनासो गर्न आएका छैनन् । प्रहरीले पैसा आए लगत्तै मेगा बैंकको सिसिटिभी फुटेज हेर्ने लगायतका अनुसन्धानको प्रक्रिया शुरु गरिसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: