Skip to content
LAXMI SUNRISE BANK

मेगा क्यापिटलले पायो मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्ने अनुमति

अर्थ सरोकार

काठमाडौँ – मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्सले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ ।
मेगा क्यापिटल मार्केट्सले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, सांकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।
ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने जानकारी दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK