काठमाडौं – मिर्मिरे लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३ करोड ५९ लाख ५८ हजार कमाएको छ । यो नाफा गत वर्ष तुलनामा ६९.५० % ले धेरै हो । संस्थाले गत वर्ष २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
]
संस्थाले खुद ब्याज आम्दानी ४९.०१% ले बढाएर ८ करोड ८३ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ५ करोड ९२ लाख ७२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै संस्थाको सञ्चालन नाफा ७६.४४% ले बढेर ४ करोड ७१ लख ३८ हजार पुगेको छ ।
संस्थाले निक्षेप ६८ करोड ४ लाख ८६ हजार रुपैयाँ संकलन गरि २ अर्व ४० करोड २४ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चक्ता पुँजी १३ करोड ११ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ८ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराव कर्जा ०.५७% रहेको छ भने प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०३ पैसा छ ।