×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकले गर्यो प्रगति, खुद नाफा १०.३१% ले वृद्धि हुनुमा यस्ता छन् कारण

अर्थ सरोकार

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार

PRIME CA

मितेरी डेभलपमेन्ट बैंकले गर्यो प्रगति, खुद नाफा १०.३१% ले वृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १०.३१% ले वृद्धि गरेर ८ करोड ४ लाख ३ हजार रुपैयाँ  कमाएको छ ।  गत वर्ष बैंकले ७ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि गरेको छ । बैंकले खुद ब्याज आम्दानी  २४.८९% ले वृद्धि गरेको छ । गत वर्ष १२ करोड ८६ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी अहिले यो त्रैमाससम्म आउँदा १६ करोड ६ लाख १७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । यता, सञ्चालन नाफा पनि १०.३३% ले बढाएर १२ करोड ६२ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष मितेरीले ११ करोड ४४ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । 
 मितेरीले ४ अर्ब ३२ करोड ४ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ७८ करोड १० लाख ४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १९ करोड २१ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.४८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ११ पैसाले घटेर १८ रुपेयाँ ३३ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८४ पैसा रहेको यस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: