×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

Artha Sarokar

२५ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ  बराबरको ट्रेजरी बिल मंगलबार निष्काशन गर्ने भएको छ । बैंकले मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार मध्याह्न ३ बजे बोलकबोल हुन लागेको हो । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । 
त्यस्तै, १८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७६ असोज २१ गते परिपक्क हुने छ । साथै, १ वर्ष अवधिका लागि जारी हुने ६ अर्ब रुपैयाँको ट्रेजरी २०७६ चैत २५ गते परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी