×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश दु:खेका बेला ‘अप्रिल फूल’ नमनाऔं, बारा र पर्साका आँधी-हुरी पीडीतको सहयोगमा जुटौँ !

  • सन्ध्या केसी 
आइतबार साँझ बारा र पर्सामा ठुलो आँधी आयो । आँधी हुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या बढिरहेको छ । सयौँ घाइते भएका छन् ।  स्थिति बिकराल छ । अस्पतालमा बेड अभाव भएको छ, रगत अभाव भएको छ । साच्चै त्रासदी छ तराइमा । औषधिसहितका विभिन्न टोलीहरु काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरिरहेका छन् । कपडा, औसधिसहितको टोली घटनास्थल पुग्न थालेका छन् । 
यस्तो बेलामा केहि मूर्खहरु अप्रिल फुल मनाउन व्यस्त देखिएका छन् । यतिसम्म कि केहि जिम्मेवार भनिएका मिडियाहरु पनि अप्रिल फुलका नाममा मुर्ख बनाउने समाचार प्रकाशन गरिरहेका छन् । अप्रिल फुल त अर्को बर्ष पनि आउँछ । यसपाली सहयोगमा जुटौँ । देशभन्दा ठुलो केहि हुँदैन । 
गीत छ नि,
पहाडमा जाडो हुँदा, तराइले सक्नुपर्छ 
आँधी आए तराइमा, पहाडले छेक्नुपर्छ
होइन भने देशभक्ति छैन हाम्रो छाती भित्र 
माटोलाई चोट लाग्दा, मुटुहरु रुनुपर्छ ।
बेला यहि हो । सकेको सहयोग गरौँ । नेपाली हुनुको दायित्व पूरा गरौँ ।         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: