
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको १२ औं बार्षिक उत्सवका अवसरमा विभिन्न रेडियोकर्मीहरु सम्मानित भएका छन् । बिगत लामो समयदेखि रेडियो कर्ममा अनवरत रुपमा लागेर आवाज विहिनहरुको आवाज बन्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडियोकर्मीहरु बुद्धशरण श्रेष्ठ, राज कपुर महर्जन, राजु बोहोरा, शाहस भट्ट, मदन कार्की, विष्णु दोङ्ग, मिक्सांग वाइबा, कमल सरगम, र सकृति शाहि सम्मानित भएका हुन् ।
आफ्नो १२औं बार्षिक उत्सवको अवसरमा रेडियो मिर्मिरेले ‘वर्तमान राजनीतिक परिस्थिति, प्रेस, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मोहन वैद्य किरण, आहुती, गोपाल किराती, नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात, क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्व अध्यक्ष प्रभात चलाउने, लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्