
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले बारा र पर्सामा आएको हावा हुरी प्रभावितको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले चैत्र १७ गते आएको हावाहूरीबाट भएको ठूलो जनधनको क्षति प्रति दूःख व्यक्त गरेको छ । उक्त प्राकृतिक विपदको कारण दिवंगत भएका व्यक्तिहरुको चीर शान्तिको कामना गर्दै पिडित परिवारहरुलाई राहत पू¥याउने उद्देश्यले बैंकको तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरी उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । बुधबार आयोजित एक समारोहका बीच राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री के।पि। शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा कानून, न्याय तथा संसदिय मामिला मन्त्री भानूभक्त ढकाल, काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सून्दर शाक्य, प्रधानमन्त्रीका प्रमूख राजनैतिक सल्लाहकार विष्णू रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, पे्रस सल्लाहकार चेतन अधिकारी, राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी, बंैकका प्रमूख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेक राज जोशी, विभागीय प्रमूख राज्य लक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
हाल बैंकले सात वटै प्रदेशका ७७ वटै जिल्लामा रहेका २१८ वटा शाखा कार्यालयहरुको साथै देशभर रहेका १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्