काठमाडौं – सहारा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ५०.२८% बढोत्तरी गरी २ करोड ६ लाख ७५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले १ करोड ३७ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि १५.३७% ले बढेर २ करोड ९१ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ करोड ५२ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ४५.४२% वृद्धि गरी २ करोड ६ हजार रुपैयाँँ पुर्याएको छ ।
यो त्रैमाससम्ममा बैंकले ६२ करोड २२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४१ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । हाल बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ३७ लाख ५८ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.१९% रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९१ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्