काठमाडौं – सहयोगी विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा ७.७६% ले गिरावट आएको छ । गत वर्ष ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ खुद नाफाबाट घटेर अहिले ७ करोड ४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ ।
यता, बैंकको खुद ब्याज आम्दानीमा पनि २.६२% ले घटे छ । गत वर्ष १५ करोड ४७ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानीबाट घटेर १५ करोड ७ लाख १० हजार रुपैयाँमा सिमित रहेको छ । सञ्चालन नाफा भने १.६१% ले बढेर ७ करोड ८९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ७ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ८५ करोड २ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ७ करोड ८९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष गत वर्षको तुलनामा ९.१२% ले बढेर ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खराव कर्जा १.६९% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा र नेटवर्थ १३८ रुपैयाँ ९३ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्