लाष्ट रिमाइन्डर :
कम्पनी : सान्जेन जलविद्युत कम्पनी
खुला भएको मिति : शुक्रबार (वैशाख ६ गते)
भर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख १० गते)
कित्ता : ५४ लाख ७५ हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता
भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता
विवरण :
सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । खुल्ला भएको आइपिओमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : ३ अर्ब ६५ करोड रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : ३ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुग्ने