×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा ९.०५% वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा ९.०५% वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

Artha Sarokar

१६ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ९.०५% ले बढेर २ करोड २६ लाख ८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष  बैंकले २ कारोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.१९% ले बढेको छ ।  गत वर्ष ७ करोड ८ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले बढाएर ९ करोड १ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा भने ६०.३७% ले घटेर  ७० लाख २० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ६५ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ करोड ६ लाख ८ हजार रुपैयाँमा रहेको छ ।
यता, खराब कर्जा भने १.६८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी