Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकका सीइओ र अध्यक्ष, र राष्ट्रिय वाणिज्य बैंकका सीइओले पाए सरकारी पदक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सरकारले बैशाख १ गते, संविधान दिवसमा घोेषणा गरेको पदक बैंकिङ क्षेत्रका ३ हस्तीहरुले पाएका छन् । सरकारले आर्थिक, व्यवसायिक, बैंकिङ, तथा सहकारी क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरुलाईसमेत उक्त पदक दिएको हो । 
सरकारले दिने पदकबाट बैंकिङ क्षेत्रबाट प्रभु बैंकका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ सम्मानित भएका छन् ।
प्रभु बैंकका अध्यक्ष भट्टचन बैंकसँगै विभिन्न व्यवसायमा आवद्ध छन् भने शेरचन लामो समयदेखि नेपाली बैंकिङ क्षेत्रमा काम गरिरहेका छन् । राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ पनि पछिल्लो समय अब्बल बैंकरका रुपमा परिचित नाम हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK