
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शिखर इन्स्योरेन्सका बट्टार नुवाकोट शाखाका मेनेजर रमेश अर्याल बलात्कार(जबरजस्ती करणी)को अभियोगमा काठमाडाैँको गोंगबुबाट पक्राउ परेका छन् । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै रंगेहात पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन् ।
युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए । विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्