काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३१.०७% वृद्धि गरेर ३१ करोड ९ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले २३ करोड ७२ लाख रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३६.१०% र ३८.७२% ले वृद्धि भएको छ । बैंकले यो तेश्रो त्रैमासमा खुद ब्याज आम्दानी ६३ करोड ९८ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४८ करोड ५६ लाख ७७ हजार रुपैयाँ पुगेको हो ।
बैंकले निक्षेप १६ अर्ब ९८ करोड ६९ लाख ९३ हजार रुपैयाँ संकलन गरी १५ अर्ब २९ करोड ९९ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६४ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.१९% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्