काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १५.३८% ले वृद्धि गरि १ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले १ अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिद्धार्थले खुद ब्याज आम्दानी ४३.९८% ले वृद्धि गरी ३ अर्ब ४० करोड ८४ लाख २ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि १५.०८% बढोत्तरी गरेर २ अर्ब २६ करोड ९७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले निक्षेप १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख ४९ हजार रुपैयाँ संकलन गरी कर्जा १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार रुपैयाँ प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ अर्ब २ करोड ५५ लाख १ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा १.३६% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्