Skip to content
LAXMI SUNRISE BANK

ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो । उनी विरुद्ध परेको ठगीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौं उठाएका थिए।
यता समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतका सम्पूर्ण सम्पति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरि पीडितकाे पैसा फिर्ता गर्ने भन्दै बुधबार विज्ञप्ति जारी गरेकोे थियो । उता ओरेन्टलकाे-अपरेटिभ पीडित समितिले बस्नेत सम्पत्ति लिलामीमा लगे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK