×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको लापरवाहीको पराकाष्टा : दुई वर्ष पहिले किनेको डेढ लाख रुपैयाँ बराबरको शेयर गायब ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको लापरवाहीको पराकाष्टा : दुई वर्ष पहिले किनेको डेढ लाख रुपैयाँ बराबरको शेयर गायब ! (प्रमाणसहित)

Artha Sarokar

१० बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

FRAUD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कहिले सफ्टवेर घोटाला काण्ड त कहिले बाफियाविपरितका संचालकको हालीमुहाली । कहिले जग्गा काण्ड त कहिले ग्राहकको चरम असन्तुष्टी । हरेक महिनाजसो कुनै न कुनै विवादमा आइरहने सनराइज बैंक पुन: अर्को विवादमा तानिएको छ । केहि समय अगाडीमात्र राजश्व छली गरेको भन्दै विवादमा तानिएको बैंक पुन: अर्को काण्डमा मुछिएको छ । बैंकले बिक्रीमा ल्याएको हकप्रद शेयर नै बैंकबाटै गायब भएपछि बैंकको अर्को काण्ड सतहमा आएको हो । करिव २ बर्षअघि अर्थात २०७४ साल बैसाखमा किनिएको सेयर गायब भएको हो । 
२०७४ बैशाख २८ गतेसम्म कायम शेयरधनीले २०७४ साल असार १९ गतेसम्म खरिद गर्न पाउने गरी बैंकले एक करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । त्यहि निष्कासनका क्रममा १४ सय ३४ कित्ता शेयरको ३० प्रतिशत हकप्रद किन्न पाउने ब्यवस्था अनुरुप ललितपुर कुपण्डोलकी रिता अवाले महर्जनले सनराईज बैंकको ४३० कित्ता हकप्रद शेयर ४३ हजार रुपैयाँमा खरिद गरिन् । र त्यहि हकप्रद सेयर गायब भएको छ । आफुले किनेको हकप्रद सेयर गायब भएपछि रिताले यो प्रकरण बाहिर ल्याएसँगै बैंकको लापरवाही छताछुल्ल भएको हो । 

भएको के हो ?
बि.स.२०७४ असार ९ गते शुक्रबार प्रभु क्यापिटलमार्फत किनिएको उक्त हकप्रदका बारेमा रिताले खास चासो दिन पाएकी थिइनन् । पैसा तिरेपछि उक्त हकप्रद आफ्नो खातामा आएको होला भन्ने ढुक्क भएकी उनले केहि समयपछी आफ्नो पोर्टफोलियोमा केहि गडबड भएको महसुस भएपछि त्यसको जांच गरिन् । नभन्दै उनको पोर्टफोलियोमा गडबड भएकै रहेछ । खोज्दै जाँदा करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको शेयर गायब भएको पत्ता लाग्यो । उनी आफ्नो सेयरको खोजी गर्दै आफूले हकप्रद किनेको अर्धकट्टी सहित प्रभु क्यापिटलमा गइन् । तर प्रभु क्यापिटलले उक्त प्रकरणमा दोष आफ्नो नभई सनराइज क्यापिटलको भएकोले सनराइज क्यापिटलमै गएर बुझ्न आग्रह गरे । उनी त्यसपछि सनराइज क्यापिटल गइन् । सनराइज क्यापिटलले गल्ती आफ्नो नभएको र प्रभु क्यापिटलमा गएर बुझ्न भन्यो । 
एकले अर्कोलाई दोष थोपर्दा थोपर्दै उनको सेयर भेटिएन। कतैबाट पनि आफ्नो समस्याको समाधान नभएपछि उनले सनराईज बैंकका कम्पनी सचिव इश्वर पाठक र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठलाई सम्बोधन गरेर यस्तो निवेदन तयार गरिन् । यस विषयमा रिताले सिडिएस एण्ड क्लियरिङ्गमा पनि निवेदन दिएपछि रिता महर्जनको समस्या सम्बन्धमा कार्यालयले बैंकलाई स्पष्टीकरण सोधेको थियो । तर समस्याको समाधान गर्न सहयोग गर्नु त कहाँ हो कहाँ, सनराइज बैंकले भने उल्टै सिडिएससीले यस सम्बन्धमा आफुलाई स्पष्टीकरण सोध्न नमिल्ने बताएर आफ्नो गल्तीको ढाकछोप गर्न खोजिरहेको छ । 
अगाडी बढ्यो अनुसन्धान !
यद्यपी यस प्रकरणमा अनुसन्धान भने अगाडी बढेको छ । रिता महर्जन पिडित भएको प्रमाणित गरेरहालसम्मको सबै बोनस सहित शेयर किनेर दिने तयारी भइरहेको बैंक स्रोतको भनाइ छ । यसो त सनराइज बैंकमा यस्तो घटना भएको यो पहिलो पटक भने होइन । यसअघि पनि यकृष्ण रेग्मी नामका एक जना लगानीकर्ताले आफ्नो बुबाको नाममा भरेको हकप्रद पनि खातामा नआएको उजुरी गरेपछि बैंकले आफ्नोतर्फबाट गल्ती भएको स्वीकार्दै सबै क्षतिपूर्तीसहित रेग्मीलाई शेयर किनेर दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी