काठमाडौं – युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ०.९३% वृद्धि गरेर ५ करोड १२ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ७ लाख ७४ हजार रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीले खुद ब्याज आम्दानी २९.६०% बढाएर २० करोड ६३ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, सञ्चालन नाफा पनि १२.२४% ले बढोत्तरी गरेर ५ करोड ३९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ।
कम्पनीले निक्षेप ६ अर्ब २६ करोड ७ लाख ३७ हजार रुपैयाँ संकलन गरी ५ अर्ब ५२ करोड १९ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ करोड १९ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको खराब कर्जा १.१८% रहेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्