
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले वृद्धभत्ता बढाइएकोसमेत उनले घोषणा गरेका छन् । सरकारले बृद्धभत्ता ३ हजार पुर्याएको छ । सरकारले एक हजार रुपैयाँले बृद्धभत्ता बढाएर ३ हजार पुर्याएको हो ।७० वर्ष उमेर पुगेका व्यक्तिले बृद्धभत्ता पाउने छन् । यसअघि ७० वर्षमाथिका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।
तर वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याउँदा राज्यलाई मासिक १ अर्ब ३० करोड तथा वार्षिक १५ अर्ब ६० करोड रुपैयाँ थप व्ययभार पर्ने देखिएपछि प्रतिपक्षीले भने सदनमै आफु छक्क परेको खानेखुसी गरिरहेका छन् ।
साथै अर्थमन्त्री खतिवडाले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिनेसमेत बताएका छन् । यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।
बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्