Skip to content
LAXMI SUNRISE BANK

पूँजी बजारका लागि सकारात्मक कदम : गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्ने बाटो खुल्यो !

अर्थ सरोकार

काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्ने बाटो खुलेको छ । लामो समयदेखि उठ्दै आएको गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्न दिने नदिने विषय टुंगिएसँगै पूँजी बजारमा यसले सकारात्मक असर पार्ने बुझिएको छ । आगामी वर्षको बजेटमा गैरआवासीय नेपालीलाई पनि धितोपत्र कारोबार खुला गरिएको छ।
‘गैर आवासिय नेपालीलाई पनि शेयर कारोबार गर्न सकिने गरी पूँजी बजारलाई फराकिलो बनाइने छ ‘आगामी बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने। साथै सरकारी ऋणपत्रको कारोबार समेत अनलाइन मार्फत गराइने बजेटमा भनिएको छ। सबै प्रकारको धितोपत्र कारोबारलाई विद्युतीय कारोबार गराउने योजना सरकारले आगामी बजेट मार्फत अघि सारेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK