काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँ बराबरको आइपिओ आउने भएको छ । संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।आँधिखोला लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “घ“ वर्गको वित्तीय संस्था हो । २०७३ साल चैत १२ गतेबाट सेवा सुरु गरेको यस लघुवित्तको हाल दश जिल्ला कार्यक्षेत्र बनाएको छ । यस संस्थाको केन्द्रीय कार्यालय भिरकोट–१, बयरघारी स्याङ्जामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्