काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३.०९% ले वृद्धि भएको हो। गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २०.०८% ले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै, बैंकले १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यता, खराब कर्जा ४.२२% रहेको छ । बैंकको सेयर पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्